अस्ट्रेलियन राजदूतमा जोन्स्टन नियुक्त, भोल्क बिदाइको तयारीमा
काठमाडौँ । अस्ट्रेलिया सरकारले नेपालका लागि लियान जोन्स्टनलाई राजदूतका रूपमा नियुक्ति गरेको छ । हालकी राजदूत फेलिसिटी भोल्कको तीन वर्षे कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरेको हो ।
सन् २०२१ मा भोल्कलाई अस्ट्रेलियाले राजदूतको रूपमा नेपाल पठाएको थियो । स्वदेश फर्किने भएपछि भोल्क हाल विभिन्न बिदाइ कार्यक्रमहरू सरिक भइरहेकी छिन् ।
अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अस्ट्रेलियन राजदूतको रूपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी हुन् । यसअघि नाइजेरियाको अबुजामा कार्यवाहक अस्ट्रेलियन उच्चायुक्त रहेकी उनलाई नेपालका लागि नियुक्त गरिएको हो ।
हालैमात्र नेपाल कानुन समाजले भोल्कको बिदाइ समारोहको आयोजना गरेको थियो । उनले नेपाल र अस्ट्रेलियाको सम्बन्ध विस्तारमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेको थियो ।
उता, क्यानबेरामा रहेको नेपाली दूतावासमा जोन्स्टनका लागि स्वागत समारोहको आयोजना गरेको थियो । राजदूत कैलाशराज पोखरेलले जोन्स्टनलाई विशेष स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण