जिम्बाब्वेमाथि शानदार जित हासिल गर्दै भारतलाई शृङ्खला
हरारे । टी–२० शृङ्खलाको चौथो खेलमा भारतले जिम्बाब्वेलाई १० विकेटले पराजित गरेको छ । यो जितसँगै टोलीले ५ खेलको शृङ्खला मा ३–१ ले कब्जा जमाउन सफल भएको छ ।
खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको जिम्बाब्वेले २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाएको थियो । जवाफमा भारतले कुनै विकेट नगुमाई १५.२ ओभरमा लक्ष्य पुरा गर्यो ।
भारतका ओपनरबिच अविजित १५६ रनको साझेदारी थियो । यशस्वी जैसवालले ५३ बलमा अविजित ९३ रन र शुभमन गिलले ३९ बलमा ५८ रन बनाए । यसअघि जिम्बाब्वेका लागि कप्तान सिकन्दर रजाले सर्वाधिक ४६ रन बनाएका थिए ।
उनका अलावा तदिवनासे मारुमणिले ३२ र भेस्ले माधवरेले २५ रनको योगदान दिए । जिम्बाब्वेका ओपनर तादिभानासे मारुमणि (३२) र वेस्ली माधवरे (२५) बिच ६३ रनको साझेदारी भएको थियो।
भारतका लागि खलिल अहमदले दुई विकेट लिए । शिवम दुबे, अभिषेक शर्मा, तुषार देशपाण्डे र वासिङ्टन सुन्दरले १–१ विकेट लिए । सिरिजको पाँचौँ खेल १४ जुलाईमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण