मेटाले ट्रम्पको फेसबुक र इन्स्टाग्राम खाताबाट प्रतिबन्ध हटायो
न्युयोर्क । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ । जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्वअमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू सन् २०२१ मा निलम्बन गरिएको थियो ।
यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो। मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६ करोडभन्दा बढी फलोअरहरू रहेको मेटाले जानकारी दिएको छ । उनका खाताहरू २०२३ मा पुनर्स्थापित गरिएको थियो । तर उनका खाताहरू थप निगरानीको अधीनमा थिए, जुन अहिले हटाइएको हो।
मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु उसको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूको कुरा सुन्नका लागि समान अवसर पाउनुपर्ने स्पष्ट पारेको छ।
मेटाले भनेको छ, ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउनबाट रोक्नका लागि बनाइएका नीतिहरू समावेश छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण