दिल्ली क्यापिटल्सबाट अलग भए पोन्टिङ
नयाँ दिल्ली । रिकी पोन्टिङले दिल्ली क्यापिटल्सको प्रशिक्षक पद छाडेका छन् । अस्ट्रेलियाका पूर्वकप्तानले आईपीएल २०२५ अगाडिको मेगा लिलामी अघि नै फ्रान्चाइजीसँगको आफ्नो सात वर्षको सम्बन्ध अन्त्य गरेका हुन् ।
दिल्लीले अपेक्षित नतिजा हासिल गर्न असफल भएपछि मालिकहरूले नयाँ प्रशिक्षकसँग अगाडि बढ्ने निर्णय गरेको बताइएको छ। पोन्टिङले सन् २०१८ मा दिल्लीको मुख्य प्रशिक्षकको रूपमा पदभार ग्रहण गरेका थिए, जब टोलीलाई दिल्ली डेयरडेभिल्स भनिन्थ्यो ।
उनी दिल्लीसँग सात आईपीएल सिजनहरूको हिस्सा रहे । आफ्नो पहिलो सिजन प्रशिक्षकको रूपमा उनले लिगमा अन्तिम स्थानमा चित्त बुझाउनु परेको थियो । तर त्यसपछि सन् २०१९, २०२० र २०२१ मा टोली प्लेअफका लागि छनोट भएको थियो ।
सन् २०२० मा, दिल्ली पहिलो पटक आईपीएल फाइनलमा पुगेको थियो तर टोली मुम्बई इन्डियन्ससँग पराजित हुँदै उपविजेतामा सीमित बन्यो । यद्यपि, त्यसपछि पछिल्ला तीन वर्षमा टोली कुनै पनि सिजन प्लेअफका लागि योग्य हुन सकेन ।
आईपीएल २०२४ मा टोली छैटौँ स्थानमा रह्यो । सिजनमा टोलीले सात खेलमा जित र समान खेलमा हार बेहोरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण