सीजी मोटर्स चार्जिङ स्टेशन नेटवर्क विस्तारमा आक्रामक
काठमाडौँ । नेपालको यातायात क्षेत्रमा सीजी मोटर्सले आफ्नो उत्कृष्ट सेवा र व्यापक चार्जिङ स्टेशनहरूको नेटवर्क मार्फत उल्लेखनीय सुधार गर्दै आएको छ। नेपालकै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क र आफ्नो उत्कृष्ट सर्भिस तथा पार्टस सेवाका कारण, सि.जी. मोटर्सले आफ्नो ब्रान्ड छविलाई निरन्तर उचाइमा पुर्याइरहेको जनाएको छ।
सि.जी. मोटर्सले नेपालभर १७५ भन्दा बढी चार्जिङ स्टेशनहरू स्थापना गरेको छ भने निकट भविष्यमा त्यतिनै चार्जिङ्ग स्टेशन थप्ने योजना रहेको जनाएको छ। व्यापक चार्जिङ नेटवर्कले ग्राहकहरूका लागी निर्बाध यात्रा गर्न सक्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ। बालाजु यातायातका सोम प्रसाद तुलाचनले १८ वटा सवारीसाधनहरू सहज रूपमा चलिरहेको अवस्थामा, सि.जी. मोटर्सबाट प्राप्त सहयोग उत्कृष्ट रहेके बताए । उनले भने, 'साथै समय समयमा मेरो गाडीहरु काठमाडौं भन्दा बाहिर जाने गरेको छ। सो समयमा मालई सि.जी.को चार्जिङ्ग नेटवर्कले सहज यात्रा गर्न सजिलो भएको छ। सि.जी.को सर्भिस नेटवर्कले गर्दा म झन ढुक्क भएको छु। ”
सि.जी. मोटर्सले आफ्नो ग्राहकहरूको सन्तुष्टिलाई पहिलो प्राथमिकता दिएको जनाएको छ। सर्भिस सेन्टरहरुमा उच्च प्रशिक्षित प्राविधिकहरूले हरेक King Long र KYC ईभी भ्यानको ध्यानपूर्वक मर्मत र सेवा गर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । अन्नपूर्ण यातायातका तोयनाथ पोखरेलले भने, “सि.जी. मोटर्सले हाम्रो भ्यान किन्न र मर्मत गर्न सजिलो बनाइदिएको छ। चार्जिङ स्टेशनहरूको संख्या बढ्दै जाँदा र सेवा शुल्क कम हुनु हाम्रो लागि यो परिवर्तनकारी भएको छ। काठमाडौँमा ३ वटा स्थानमा सि.जी.को सर्भिस स्टेशन राखेकाले हामीलाई जुन कुनै स्थानहरुबाट सहजै सर्भिस तथा स्पेर उपलब्ध हुने हुदाँ हामी ढुक्क छौं। साथै बजारमा तथा मिडियामा आएका अनेकौं टिप्पणीको पछाडि नलाग्न अनुरोध गर्दछु। ”
सि.जी. मोटर्सको नेपालभर १५ भन्दा बढी सर्भिस स्टेशन रहेका छन् । विर्तामोड, इटहरी, लाहान, जनकपुर, सिन्धुली, सुर्खेत, विरगंज, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी साथै काठमाडौँमा, हात्तीवन, चावहिल र भक्तपुरमा उक्त स्टेसन रहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध
-
स्थानीय निर्वाचन ‘गैर दलीय’ बनाउन सुझाव
-
सीमा विवादमा राजेश हमाल– ‘नागरिकले गर्ने अतिक्रमण र राज्यले गर्ने अतिक्रमण फरक हुन्’
-
चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा
-
अमेरिकी प्रतिनिधिसभाद्वारा लेबनान युद्ध अधिकारसम्बन्धी प्रस्ताव अस्वीकृत
-
वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण