एफबीआईले सार्वजनिक गर्यो ट्रम्पलाई गोली हान्ने व्यक्तिको परिचय
आइतबार, ३० असार २०८१, १२ : ४१
वासिङ्टन डीसी । अमेरिकाको सङ्घीय अनुसन्धान विभाग (एफबीआई) ले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली हान्ने व्यक्तिको पहिचान खुलाएको छ ।
एफबीआईका अनुसार ट्रम्पलाई मार्ने प्रयास गर्ने व्यक्ति २० वर्षका थोमस म्याथ्यू क्रुक्स हुन् । उनको पहिचान पुष्टि गर्न एफबीआईले डीएनए र बायोमेट्रिक्स परीक्षण गरिने बताएको छ ।
एफबीआईका अनुसार क्रुक्स पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा हुन् । ट्रम्पको हत्याको प्रयास भएको ठाउँबाट यो ७० किलोमिटर जति टाढा छ ।
‘अनुसन्धान अझै जारी छ, अनुसन्धानमा सहयोग गर्न सक्ने जानकारी भएका जो कोहीले फोटो वा भिडियो अनलाइनबाट बुझाउन सक्नेछन्’ एफबीआईले आफ्नो विज्ञप्तिमा भनेको छ ।
ट्रम्पलाई चुनावी र्यालीमा गोली प्रहार भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण