हजार करोडमाथि पुग्यो कल्की २८९८ एडीको कमाई
नयाँ दिल्ली । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले विश्वव्यापी बक्स अफिसमा हजार करोडभन्दा बढी कमाएको छ । यतिबेला निर्माताहरू फिल्मको व्यापारबाट अति नै खुसी छन् । यसैबिच उनीहरूले सामाजिक सञ्जालमा फिल्ममा प्रभासको ‘कर्ण लुक’ को भिडियो शेयर गरेका छन् ।
यस भिडियोमा प्रभास कर्णको स्वरूपमा देखिएका छन् । उनको यो लुकलाई फ्यानहरूले निकै मन पराइरहेका छन् । फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दिशा पटानी, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ ।
यो वर्षको सबैभन्दा ठुलो फिल्ममध्ये एक हो ‘कल्की २८९८ एडी’ । फिल्मले बक्स अफिसमा भव्य कमाई गरिरहेको छ । नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मले कयौँ नयाँ रेकर्ड बनाइरहेको छ । फिल्मले सजिलोसँग एक हजार करोडको आँकडा पार गरेको छ । चलचित्रको कमाइलाई हेर्दा तत्कालै बक्स अफिसमा यसको रफ्तार नरोकिने देखिन्छ । वैजयन्ती मुभिजले केही बेरअघि एक्सको ह्यान्डलमा फिल्मको एउटा भिडियो शेयर गरेको छ ।
यसमा प्रभास कर्ण स्वरूपमा देखिएका छन् । यस भिडियोमा रथमा सवार प्रभासको धमिलो छवि देखिन्छ । भिडियोको ब्याकग्राउण्डमा ‘इतिहासमा यसको नाम अमर रहनेछ, सूर्य पुत्र कर्ण’ भन्ने आवाज सुनिन्छ । यस भिडियोको अन्त्यमा हजार करोड भारु लेखिएको छ । यो भिडियोमा प्रभासका फ्यानहरूले जबरजस्त प्रतिक्रिया दिइरहेका छन् ।
विगत दुई सातादेखि कल्किले शानदार व्यापार गरिरहेको छ । फिल्मले पहिलो हप्तामा भारतमा ४१४ करोड ८५ लाख भारु कमाएको थियो । दोस्रो हप्तामा घरेलु बक्स अफिसमा यसको कमाई १२८ करोड ५० लाख भारु थियो ।
शुक्रबार १६ औँ दिनमा फिल्मले ६ करोड कमाएको थियो । शनिबार फिल्मले फेरि गति लियो । सो दिन यसको कमाई १४ करोड ४५ लाख भारु थियो । भारतमा मात्रै फिल्मको कुल कमाई ५६३ करोड ८० लाख भारु रहेको छ विश्वभर भने यो आँकडा हजार करोड भारु माथि पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण