२० करोडको कोकिन ल्याउने महिला ‘पटके भरिया’
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२९ ठमेल स्थित काठमाडौँ सिटी होटलबाट पक्राउ परेकी मलेसियन महिला कोकिनको ‘पटके भरिया’ रहेको खुलेको छ । ४७ वर्षीया बाथुमाई भालिभालु यसअघि आधा दर्जन पटक नेपाल आएको यात्रा अभिलेख भेटिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले रातोपाटीलाई बताए ।
आइतबार बिहान प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद गरेको छ । बरामद गरिएको ‘कोकिन जस्तै देखिने’ लागु औषध परीक्षण गर्न ल्याबमा पठाइएको एसएसपी रजौरेले बताए ।
मलेसियाबाट लाओस र बैंकक हुँदै उनी शनिबार काठमाडौँ आएकी हुन् । ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर लुकाएको कोकिन लगेजमा राखेर उनी काठमाडौँ विमानस्थलमा ओर्लिएको प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी सत्य थापाले बताए । डीएसपी थापा भन्छन्, ‘बच्चाहरूको ६ वटा स्कुल ब्यागमा राखेर सो कोकिन अर्को लगेजमा राखेर ल्याएको देखिन्छ ।’
बरामद कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ पर्छ । १ ग्राम कोकिनको अवैध बजार मूल्य ३५ हजार पर्ने काठमाडौँका एसएसपी रजौरेले बताए । उनी मलेसियाबाट लाओस र बैंकक हुँदै काठमाडौँ ओर्लिएकी हुन् । ‘आरोपीले लाओस वा बैंककबाट कोकिन ल्याएको देखिन्छ,’ एसएसपी रजौरे भन्छन्, ‘सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुरा गर्ने उनको मुभमेन्ट सुनियोजिन र नियन्त्रित देखिन्छ ।’
कोकिन भारतका ‘क्रिस्टोफर’ भन्ने व्यक्तिले मगाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । एसएसपी रजौरे भन्छन्–‘कोकिन लैजाने अन्तिम ठाउँ भारत भएको हाम्रो प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ ।’ कोकिन कारोबारीले काठमाडौँलाई ट्रान्जिट बनाएका हुन् । यसअघि पनि काठमाडौँलाई विदेशी लागु औषध कारोबारीहरूले ट्रान्जिटको रूपमा प्रयोग गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण