सरावलमा १२ सय बिघा धानखेती डुबानमा
पाल्हीनन्दन । लगातारको वर्षाका कारण पश्चिम नवलपरासीको सरावल गाउँपालिका–६ र ७ मा एक हजार दुई सय बिघा धानखेती डुुबानमा परेको छ । लगातार चार दिनसम्म परेको पानीले धानखेती डुबानमा परेको हो ।
चार दिनसम्म अविरल वर्षा हुँदा खेतमा पानी नघट्नुका साथै रोपाइँ गरेको धान पनि नष्ट भएको गाउँपालिकाका कृषि प्राविधिक कूलदीपनारायण मिश्राले बताए । उनका अनुसार गत वर्ष पनि वर्षाले शङ्करपुर, मधवलिया, भुजहवा बुडनतवापुरका किसानको खेतीमा क्षति भएको थियो ।
झरही खोला र धनेवा खोला दीर्घकालीन रुपमा समाधान नहुुँदा यहाँका मुख्य खाद्यभण्डार भनिने शङ्करपुर, खडवना, मधवलिया, भुजहवा हिउँदमा सुुक्खा र वर्षयाममा प्रत्येक वर्ष डुबानको चपेटामा पर्ने गरेका छन् सरावल–७ निवासी धर्मनाथ कुश्वाहाले बताए ।
झरही र धनेवा खोलामा बाढी आएकाले खोला वरपरका किसानको धानखेती डुबानमा परेको स्थानीय उपेन्द्र हरिजनले बताए । खोलामा तटबन्ध बनाउनेतर्फ ध्यान नपुुग्दा मधवलिया, शङ्कपुर, भुजहवाका हजारौँ कृषकले बर्सेनि ठूलो क्षतिको सामना गर्नुु परिरहेको उनको भनाइ छ ।
“मलखाद र जोताइ गर्नका लागि ऋण कर्जा लिएर धान रोपेको अहिले वर्षायाममा डुबान लागेपछि ऋण कहाँबाट तिर्ने चिन्ता लागेको छ”, उनले भने । झरही खोला र धनेवा खोलाको पानीले बर्सेनि यो क्षेत्र डुबान हुने गरेको भन्दै आगामी आर्थिक वर्षमा डुबान नियन्त्रण गर्न तटबन्धका लागि बजेट विनियोजन गरेको सरावल गाउँपालिकाका अध्यक्ष सुखाडीप्रसाद चौधरीले जानकारी दिए ।
खोला क्षेत्रमा तटबन्ध निर्माण गरेपछि बाढी र डुबानबाट हुने क्षति कम हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण