अल्काराजलाई लगातार दोस्रो पटक विम्बल्डनको उपाधि
आइतबार, ३० असार २०८१, २२ : १३
लन्डन । स्पेनका कार्लोस अल्काराजले लगातार दोस्रो पटक विम्बल्डनको उपाधि जितेका छन् । लन्डनको सेन्टर कोर्टमा आइतबार भएको फाइनलमा उनले २४ पटकको ग्रान्डस्लाम विजेता सर्बियाका नोभाक जोकोभिचलाई हराए ।
सेन्टर कोर्टमा २ घण्टा २७ मिनेटसम्म चलेको उक्त खेलमा अल्काराजले जोकोभिचलाई ६–२, ६–२, ७–६ को सोझो सेटमा पराजित गरे । अल्काराजले सन् २०२३ मा विम्बल्डन उपाधि पनि जितेका थिए । त्यहाँ पनि फाइनलमा उनको अगाडि नोभाक जोकोभिच नै थिए ।
उता चेक गणतन्त्रकी स्टार टेनिस खेलाडी बारबोरा क्रेजिकोभाले विम्बल्डन २०२४ मा महिला एकलको उपाधि जितेकी थिइन् । लन्डनको सेन्टर कोर्टमा शनिबार भएको फाइनल खेलमा ३१औँ वरियताकी क्रेजिकोभाले सातौं वरियताकी इटालीकी जास्मिन पाओलिनीलाई ६-२, २-६, ६-४ को सेटमा पराजित गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण