कोपा–अमेरिका फाइनल : खेल हेर्न नपाएका दर्शकको हस्तक्षेपका कारण खेल ७५ मिनेट ढिलो
काठमाडौँ । कोपा–अमेरिका फुटबलको अर्जेन्टिना र कोलम्बियाबिच जारी फाइनल खेलको निर्धारित समयको गोलरहित बराबरीमा सकिएको छ । दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो ।
अमेरिकाको फ्लोरिडास्थित हार्ड रक स्टेडियममा खेल हेर्न टिकट नपाएका दर्शकले होहल्ला गरेका कारण खेल निर्धारित समयभन्दा एक घण्टा १५ मिनेट ढिलो सुरु भएको थियो । खेल हेर्न टिकट नपाएका दर्शकले रंगशालाको मुख्य गेटमा होहल्ला गरेका थिए ।
नेपाली समय अनुसार, खेल बिहान ०५ः४५ बजे सुरु हुनुपर्ने थियो । तर, आक्रोशित दर्शकको हस्तक्षेपका कारण खेल बिहान ०७ः०० बजे मात्र सुरु भएको थियो । आयोजकले टिकट नपाएका दर्शकलाई पनि खेल हेर्ने व्यवस्था मिलाएको थियो ।
होहल्ला गर्ने करिब १५ जना समर्थकलाई प्रहरीले पक्राउ गरेको पनि समाचारमा जनाइएको छ । उनीहरूलाई रिहा गरिसकिएको बताइएको छ । आयोजकले सबै दर्शकलाई खेल हेर्ने व्यवस्था मिलाउन लामो समय रंगशालाको गेट खुला राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण