नयाँ सरकार
कांग्रेसबाट ७ मन्त्रीको शपथ आज, शेखर–गगन समूहले दिएन नाम
सोमबार, ३१ असार २०८१, १० : ४३
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सात जना मन्त्रीको नाम टुंग्याएका छन् । पार्टीको शेखर कोइराला–गगन थापा समूहले तीन जना मन्त्रीको नाम सिफारिस गर्न नसकेपछि देउवाले सात जनाको नाम मात्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका हुन् ।
देउवाले प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, अजय चौरासिया, दिपक खड्का, तेजुलाल चौधरी र ऐनबहादुर शाहीको नाम टुंग्याएका हुन् ।
सिंहले उपप्रधानसहित सहरी विकास, लेखकले गृह, आरजु राणा देउवाले परराष्ट्र, चौरसियाले कानुन, खड्काले ऊर्जा, तेजुलाल चौधरीले खेलकुद र ऐनबहादुर शाहीले वनमन्त्रालयको नेतृत्व सम्हाल्ने छन् । शेखर–गगन पक्षलाई देउवाले स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालय छुट्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण