तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने स्वास्थ्यमन्त्रीको घोषणा
काठमाडौँ । नवनियुक्त स्वाथ्यमन्त्री प्रदीप पौडेलले तत्कालीन र दीर्घकालीन कार्यक्रमको तर्जुमा गरेर स्वास्थ्य क्षेत्रको सुधार गर्न लागि पर्ने बताएका छन् । सोमबार शपथ ग्रहणपछि मन्त्रालयमा पद बहालीपछि प्रतिक्रिया दिँदै उनले एक साताभित्र तत्कालीन कार्यक्रम ल्याउने र दीर्घकालीन कार्यक्रमका लागि आवश्यक वातावरण बनाउने बताए ।
‘यहाँ काम गरिसक्नुभएका र राय सुझाव दिन सक्ने विज्ञहरूसँग परामर्श गरेर दुई किसिमका कार्यक्रम ल्याउनेछौ’, उनले भने, ‘तत्कालीन
कार्यक्रम तत्कालै कार्यान्वयन सुरु गर्नेछौ र दीर्घकालीन कामका लागि अघि बढ्नेछौ ।’
उनले एक हप्ता भित्र तत्काल गर्ने कामहरू सार्वजनिक गर्ने बताए । उनले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कुराभन्दा बढी काम गर्ने भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरूसँगको सुझावका आधारमा स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न लागि पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण