खेलकुद मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउँछुः खेलकुदमन्त्री चौधरी
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन् ।
सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका लागि आफूहरु आएको बताए ।
केही अफ्ठ्यारो नभए डेढ वर्षसम्म मन्त्री बन्ने पनि बताए । उनले खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा जथाभावी लगानी गर्नेकुरा अब नहुने बताए ।
उनले भने, ‘हामीले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ । हामी सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरुलाई प्रोत्साहन गर्नका लागि हामी आएका हाँै । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछाँै । हाम्रो अवधि केही अफ्ठ्यारो परेन भने डेढ वर्षको हुनेछ । खेलकुदका भौतिक पूर्वाधारका संरचनाहरुमा हामीले जथाभावी लगानी गरेको महशुस गरेका छौँ ।’
मन्त्री चौधरीले आफूलाई सबैतिरबाट सुझाव, साथ र सहयोग हुने विश्वास लिएको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण