खेलकुद पूर्वाधारलाई पहिलो प्राथमिकतामा राख्न नवनियुक्त मन्त्री चौधरीको निर्देशन
काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् ।
यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरूको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागितालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।’
आउँदो मङ्सिरमा हुन लागेको १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न समेत आफूले निर्देशन दिने बताएका छन् । उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने समेत बताए ।
त्यस्तै मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुङ्ग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने समेत बताए । ‘विभिन्न खेल संघमा देखिएका विवादहरूलाई समयमै टुङ्ग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरुरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु ।’
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको कुरामा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण