जनकपुरधामले ल्यायो ३ अर्ब ३ करोडको बजेट
जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि रु तीन अर्ब तीन करोड ३२ लाख ४० हजारको बजेट ल्याएको छ । नगर उपप्रमुख किशोरी साहले नगरसभाको आज १२ औँ अधिवेशनमा पेस गरेको बजेटमा चालुतर्फ रु दुई अर्ब छ करोड ३४ लाख ८९ हजार तथा पुँजीगततर्फ रु ९६ करोड ९७ लाख ५१ हजार विनियोजन गरिएको उल्लेख गरिएको छ ।
चालुतर्फको शीर्षक बजेटमा सामाजिक सुरक्षाबापतको रु ५० करोड र युआरएलआइपी प्रोजेक्टका लागि रु ४७ करोड समावेश गरिएको नगर उपप्रमुख साहले पेस गरेको बजेटमा उल्लेख गरिएको छ ।
बजेटको स्रोतमा आन्तरिक स्रोतबाट रु २१ करोड ७२ लाख ७३ हजार, घरजग्गा रजिष्ट्रेसन दस्तुरबापत रु १५ करोड, नेपाल सरकारको राजस्व बाँडफाँटबाट रु २० करोड ९६ लाख, प्रदेश सरकारको राजस्व बाँडफाँटबाट रु एक करोड ८८ लाख ८५ हजार, नेपाल सरकारको समानीकरण अनुदानबापत रु ३१ करोड ४४ लाख, प्रदेश सरकारको समानीकरण अनुदानबाट रु दुई करोड ४३ लाख सात हजार, बैंक मौज्दातबाट रु ३८ करोड र सडक बोर्ड नेपालबाट रु एक करोड १९ लाख ९८ हजार बेहोरिने उल्लेख रहेको छ ।
प्रस्तुत गरिएको बजेटले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने, नगरको भौतिक पूर्वाधार विकासलाई गति प्रदान गर्ने, आमनगरवासीलाई गुणस्तरीय शिक्षा र आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने र लैङ्गिक समानता, सामाजिक समावेशीकरण र सामाजिक सुरक्षामार्फत विभेदयुक्त समाजको निर्माण गर्ने उल्लेख रहेको छ ।
यसैगरी बजेटले रोजगारी सृजना र गरिबी न्यूनीकरण टेवा पुर्याउने, पर्यटन प्रवद्र्धनगरी नगरलाई आकर्षक पर्यटनको गन्तव्यस्थल बनाउने, सुशासन प्रवद्र्धन तथा संस्थागत सवलीकरणमा जोड दिने, कृषि उद्योगको विकास र उद्यमशीलताको प्रवद्र्धन गर्ने, स्वच्छ, सुन्दर, सरसफाइयुक्त नगरको विकास गर्ने, साझा, सुन्दर, समृद्ध हरित सहर बनाउने, ग्रामीण सडक तथा पुलको निर्माण गर्ने लक्ष्य लिएको छ ।
नगर प्रमुख मनोजकुमार साहले प्रस्तुत भएको नीति तथा कार्यक्रमसहितको बजेटले जनकपुरधामको विकास निर्माणमा गति पुग्नुका साथै सुन्दर, स्वच्छ जनकपुरधामको निर्माणमा मद्दत पुग्ने आशा व्यक्त गरे । नगरसभामा नगर सचिव एवं प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवसहितको नगरसभाका सदस्यको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण