ट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपति उम्मेदवार
मङ्गलबार, ०१ साउन २०८१, ११ : ४७

वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए । तर पछि उनी ट्रम्पको सहयोगी बने ।
भेन्स ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका थिए । कन्जरभेटिभ मतदाताबिच भेन्सको राम्रो प्रभाव छ । उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा रिपब्लिकन पार्टीले ठुलो सङ्ख्यामा कन्जरभेटिभ मतदाताहरूको मत तान्न सक्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ