ट्रम्पले जेडी भेन्सलाई बनाए उपराष्ट्रपति उम्मेदवार
मङ्गलबार, ०१ साउन २०८१, ११ : ४७
वासिङ्टन डिसी । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् ।
सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए । तर पछि उनी ट्रम्पको सहयोगी बने ।
भेन्स ओहायोबाट पहिलो पटक सिनेटरमा निर्वाचित भएका थिए । कन्जरभेटिभ मतदाताबिच भेन्सको राम्रो प्रभाव छ । उनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउँदा रिपब्लिकन पार्टीले ठुलो सङ्ख्यामा कन्जरभेटिभ मतदाताहरूको मत तान्न सक्ने आशा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण