प्रचण्ड सरकारले उपप्रधानमन्त्री, मन्त्री भएकालाई जेल हाल्यो, अरूले त्यस्तो गरेर देखाए भैगो नि : शाही
सुर्खेत। कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले देशमा संस्थागत भ्रष्टाचार बढ्दै गइरहेको र प्रचण्ड नेतृत्वको सरकारले त्यसलाई रोक्ने प्रयास गरेको बताएका छन् ।
इतिहासमा पहिलो पटक मन्त्री, उपप्रधानमन्त्रीलाई गलत काम गरेकाले जेल हालिएको उनको भनाइ छ । मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै शाहीले भने, 'हामीले देशमा सुशासनको सुरुवात गर्यौँ, अरूले पनि त्यस्तो गरेर देखाए भैगो नि!'
देश दिनप्रतिदिन कङ्गाल हुँदै गइरहेको उनले बताए। रातारात चरम भ्रष्टाचार गरेर धनी भएकाहरूलाई सरकारले कारबाही गरोस् भन्ने जनताको चाहना रहेको उनको भनाइ छ।
कतिपय दलहरूले आफ्ना मान्छेहरू धमाधम पक्राउ पर्ने थालेपछि अत्तालिएर सरकार परिवर्तन गरेको उनले शाहीले बताए । यदि अपराधको ढाकछोप गरेर अहिले बनेको नयाँ सरकार अघि बढे माओवादी त्यसको विरुद्धमा लड्ने पनि बताए ।
शाहीले भने,'उपलब्धिहरुको रक्षा गर्नु अहिलेको प्रमुख चुनौती हो, अर्को जनताको चाहना भनेको अवस्था परिवर्तनका लागि हो ।परम्परागत शैलीको विकासले परिवर्तन सम्भव छैन। विकास मोडल परिवर्तन गर्न आवश्यक छ'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण