पीटीआईलाई प्रतिबन्ध लगाउने पाकिस्तानी निर्णयमाथि अमेरिकाले दियो यस्तो प्रतिक्रिया
वाशिङ्टन डीसी । पाकिस्तानका पूर्वक्रिकेटर तथा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी तेहरिक–ए–इन्साफ (पीटीआई)माथि प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयप्रति अमेरिकाले चिन्ता व्यक्त गरेको छ । यस्तो कारबाहीले राजनीतिक बदलाको सुरुआत गर्न सक्ने अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले बताए ।
‘पाकिस्तान सरकारको यो निर्णयमाथि अमेरिकाले नजर राखिरहेको छ । यस्तो खालको फैसलाले राजनीतिक प्रतिशोध निम्त्याउन सक्छ,’ पत्रकार सम्मेलनमा पीटीआईमाथि प्रतिबन्ध लगाउने पाकिस्तान सरकारको निर्णयबारे सोधिएको प्रश्नको जवाफमा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने । पाकिस्तानका आन्तरिक घटनाक्रम र त्यहाँको सरकारको निर्णयलाई अमेरिकाले नजिकबाट नियाल्ने पनि उनले बताए ।
यस्ता खालको फैसला मानवअधिकार, अभिव्यक्ति स्वतन्त्रता, संविधान र राजनीतिक सिद्धान्त विपरीत हुने भएकाले राजनीतिक दलमाथिको प्रतिबन्ध चिन्ताको विषय भएको उनले बताए । अमेरिकाले न्यायलाई बढवा दिने कार्यहरूलाई समर्थन गर्ने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण