ओलीलाई दुर्गा प्रसाईंको चेतावनी : खबरदार यो संविधान नछोऊ !
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार माफियाहरूको भएको दाबी गरेका छन् ।
मंगलबार झापामा पत्रकार सम्मेलन गर्दै प्रसाईंले ओली प्रधानमन्त्री हुनेवित्तिकै देशका ठुला ठुला व्यापारीहरू बालुवाटार पुगेको दाबी गर्दै अव देश माफियाहरूको हातबाट फुत्काउनुपर्ने बताए । उनले केपीकाल राणाकाल भन्दा खतरा भएको भन्दै दुर्गा प्रसाईलाई छोएर देखाउन चेतावनी दिए ।
‘पानीको लौरो टेकेर दुर्गा प्रसाईंलाई तर्साउनले ? खबरदार हजुरबा दुर्गा प्रसाईंलाई पक्रेर देखाउनु’, प्रसाईंले भने, ‘पक्रने त के छुने आँट गर पहिला ।’ उनले आफूले कसैलाई बलात्कार नगरेको र राज्यको ढुकुटी नलुटेको भन्दै तिर्नुपर्ने राजश्व तिरेको दाबी गरे ।
‘राजश्व तिरेको छैन भने हतकडी लगाऊ’ प्रधानमन्त्रीलाई चुनौती दिँदै ओली नेतृत्वको सरकारलाई विदेशीले तीन वटा टाक्स दिएको बताए । ‘इन्डियाले संविधान संशोधन गर भनेको छ । त्यसो गर्दा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र तोक्नु भनेको छ । त्यो किनभने ४५ लाख भारतीयलाई राष्ट्रिय परिचयपत्र दिनुपर्ने । अनि राष्ट्रिय परिचय पत्रको सिस्टम नै भारतलाई सुम्पनुपर्ने रे !’ उनले भने, ‘खबरदार केपी ओली सरकार यो संविधान नछोऊ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण