विज्ञापन खुलेको तीन वर्षपछि परीक्षा लिँदै त्रिवि सेवा आयोग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विज्ञापन गरेको तीन वर्षपछि लिखित परीक्षाका लागि सूचना निकालेको छ। आयोगले २०७७ सालमा खुला गरेको उपप्राध्यापक पदको लिखित परीक्षाका लागि सूचना निकालेको हो।
आयोगले २०७७ फाल्गुन ९ गते र २०७८ आषाढ १५ गते प्रकाशित विभिन्न विज्ञापनहरूमध्ये खुल्ला प्रतियोगिता अन्तर्गत उपप्राध्यापक पदको परीक्षा स्थगित गरेको थियो। उक्त स्थगित भएको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सञ्चालन गर्न सूचना निकालेको हो।
प्रथम चरणमा चिकित्साशास्त्र अध्ययन संस्थानसँग सम्बन्धित विषयहरूको परीक्षा सञ्चालन हुनेछ आयोगले जनाएको छ। त्यसपछि अन्य अध्ययन संस्थान र सङ्कायसँग सम्बन्धित विषयको परीक्षा तालिका आयोगको वेबसाइटमा क्रमशः प्रकाशन गरिने जनाएको छ।
परीक्षा तालिका, परीक्षा केन्द्र तथा परीक्षासँग सम्बन्धित विस्तृत विवरण आयोगको वेबसाइट तथा कार्यालयको सूचना पाटीमा हेर्न सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भारी वर्षाको सम्भावना, नागरिकलाई सावधानी अपनाउन आग्रह
-
पतञ्जलि जग्गा अनियमिततामा माधव नेपालको संलग्नता छैन : घनश्याम भुसाल
-
हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यक छ : सञ्चारमन्त्री गुरुङ
-
पहिरोले नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ पुरियो
-
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
-
‘न्गुगी वा थ्योङ्गोले हामीलाई धेरै कुरा सिकाएर गए’