कृषि प्राविधिकको धर्ना
कृषि मन्त्रालयमा १७ दिनदेखि धर्नामा बसेका कर्मचारीको आन्दोलन स्थगित
बुधबार, ०२ साउन २०८१, २१ : ४५
_dg04I6ZaHc.jpg)
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रवेशद्वारमा गत असार १६ गतेदेखि धर्ना बस्दै आएका कृषि प्राविधिक कर्मचारीहरूको आन्दोलन स्थगन भएको छ । १५ दिनभित्र आवश्यक निकासा दिन पहल गर्ने भन्दै कृषिमन्त्री रामनाथ अधिकारीले आश्वासन दिएपछि कर्मचारीहरूले धर्ना स्थगित गरेका हुन् ।
कृषि मन्त्रालय मातहतका विभिन्न कार्यालयमा कार्यरत तीन सय बढी प्राविधिक कर्मचारीहरू आफ्नो वृत्ति विकास हुन नसकेको भन्दै धर्नामा बसेका थिए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले आफूले मन्त्रीको आग्रहमा दुई साताका लागि धर्ना स्थगित गरेको बताए । तर आफ्नो माग पूरा नहुँदासम्म काममा भने नफर्कने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी
-
काठमाडौँ महानगरले गर्यो अस्पताललाई ५० हजार जरिवाना
-
राष्ट्रिय गौरवका आयोजना नीति तथा कार्यक्रममा किन समेटिएन ?