ओमानको समुन्द्रमा तेलको ट्याङ्कर पल्टियो, १३ भारतीयसहित १६ जना बेपत्ता
ओमान । ओमान नजिकको समुद्रमा एउटा तेलको ट्याङ्कर पल्टिएको छ । यसमा १३ भारतीय र ३ श्रीलङ्काली नागरिक गरेर १६ जना सवार थिए । यी सबै बेपत्ता रहेको बताइएको छ ।
ओमानको सामुद्रिक सुरक्षा केन्द्रले माइक्रो ब्लगिङ वेबसाइट ‘एक्स’ मा जहाज पल्टिएको जानकारी दिएको छ । जहाज डुबेको जानकारी प्राप्त हुनासाथ खोजी तथा उद्धार कार्य सुरु गरिएको थियो । जहाजमा रहेका १६ सदस्यीय चालक दल बेपत्ता रहेको बताइएको छ ।
प्रेस्टिज फाल्कन नाम गरेको सो ट्याङ्कर दुबईको हमरिया बन्दरगाहबाट रवाना भएको थियो । ट्याङ्कर यमनको अदन बन्दरगाह गइरहेको थियो । यसमा अफ्रिकी देश कोमोरोसको झन्डा थियो ।
डुक्मको बन्दरगाह सहर नजिक रास मद्रकाहबाट करिब ४६ किमी टाढा दक्षिण पूर्वमा तेलको ट्याङ्कर पल्टिएको हो । दुई दिनदेखि क्रु मेम्बरको खोजी र उद्धार अभियान जारी छ । ट्याङ्कर समुद्रमा उल्टो डुबेको र तेल लिक भएको छ कि छैन भन्ने जानकारी नआएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण