एकता असफल भएको निर्णय फिर्ता लिन बास्तोलालाई वैद्यको आग्रह
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीबाट अलग भएका नेता धमेन्द्र बास्तोला समूहलाई पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी निर्णय पत्र फिर्ता लिन आग्रह गरेका छन् ।
पार्टी एकता भएको १५ महिनामै एकता असफल भएको भन्दै बास्तोलाले पार्टी कार्यालयमा पत्र पठाएका थिए । वैद्यले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त पत्र फिर्ता लिएर एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।
‘पार्टी एकताको महत्त्वलाई विशेष गम्भीरताका साथ ग्रहण गरी उक्त पत्र फिर्ता लिएर ऐतिहासिक एकता कायम राख्न र महाधिवेशनलाई अवमूल्यन नगर्न कमरेडहरूलाई विशेष आह्वान गर्दछौँ । यसका साथै समग्र पार्टी पङ्क्ति, जवस मोर्चा र आम जनसमुदायलाई गुटवाद तथा फुटवादका विरुद्ध लड्दै पार्टीलाई एकताबद्ध बनाइराख्न र क्रान्तिकारी कार्यदिशाको रक्षा, प्रयोग र विकासका लागि आगामी महाधिवेशन सफल पार्न विशेष अनुरोध गर्दछौँ’, वैद्यले जारी विज्ञप्तिमा उल्लेख छ ।
२०८० वैशाख १७ गते नेकपा (क्रान्तिकारी) माओवादी र विप्लवबाट अलग भएको नेकपा (बहुमत) बिचको एकता अधिवेशनबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको गठन भएको थियो । गत असार ११ देखि १६ गतेसम्म बसेको दोस्रो पूर्ण बैठकमा बास्तोलाले राजनीतिक कार्यदिशाबारे असहमति राखेका थिए । उक्त बैठकले कात्तिक पहिलो हप्ता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण