उच्च अदालत जनकपुरमा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट
काठमाडौँ । उच्च अदालत जनकपुरले आर्थिक वर्ष २०८०/०८१ मा हालसम्मकै बढी मुद्दाको फर्छ्यौट गरेको छ । मंगलबार उच्च अदालत जनकपुरले पत्रकार सम्मेलनको आयोजना गरी आर्थिक वर्ष २०८०/०८१ मा ६५ प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य लिइएकोमा ७१ प्रतिशत बढी मुद्दा फर्छ्यौट गरेको जानकारी दिइएको हो ।
तोकेको लक्ष्यअनुसार उच्च अदालत जनकपुरले १६४.५७ प्रतिशतले बढी मुद्दाको फर्छ्यौट गरेको हो । उच्च अदालतलाई ३ हजार ७ सय २६ मुद्दा फर्छ्यौट गर्न वार्षिक लक्ष्य तोकिएकोमा लक्ष्य भन्दा १ हजार ५ सय ३७ मुद्दा बढी फर्छ्यौट भएको उच्च अदालत जनकपुरधामका मुख्य न्यायाधीश श्रीकान्त पौडेलले जानकारी दिए । आर्थिक वर्ष २०८०/०८१ मा २ हजार ९ सय ७६ मुद्दा सरि आएका र ४ हजार ४ सय २१ नयाँ मुद्दा दर्ता भई कुल ७ हजार ३ सय ९७ कुल मुद्दामध्ये ५ हजार २ सय ६३ मुद्दा फर्छ्यौट भएको उनले बताए ।
उच्च अदालतमा पुराना तथा नयाँ गरी २ हजार १ सय ३४ मुद्दा फर्छ्यौट हुन बाँकी रहेको उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्यायले जानकारी दिए । उच्च अदालत जनकपुरधाममा आर्थिक वर्ष २०८०/०८१ मा मुद्दाको फर्छ्यौट देशका अन्य उच्च अदालत भन्दा बढी रहेको अनुमान गरिएको छ ।
उच्च अदालत जनकपुरधामलाई भ्रष्टाचारमा शून्य सहनशीलताका साथ न्याय सम्पादनको काम भएको मुख्य न्यायाधीश पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण