राष्ट्रपतिको उम्मेदवारमा परास्त प्रतिस्पर्धीहरूले गर्दैछन् ट्रम्पको समर्थन
वासिङ्टन डिसी । यस वर्षको राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारीका लागि रिपब्लिकन पार्टीबाट डोनाल्ड ट्रम्पलाई टक्कर दिन उठेका उम्मेदवारहरूले यतिबेला ट्रम्पलाई समर्थन गरिरहेका छन् । शनिबार भएको चुनावी र्यालीमा ज्यान मार्ने उद्देश्यले भएको गोली प्रहारमा ट्रम्प भाग्यले बाँचे । सो घटनाको केही दिनपछि रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु भयो ।
यसले राष्ट्रपतिको चुनावमा ट्रपलाई पार्टीको उम्मेदवारको रूपमा औपचारिक रूपमा घोषणा गर्यो । मंगलबार राति महाधिवेशनमा राष्ट्रपतिको निर्वाचनमा मनोनयनमा ट्रम्पले परास्त गरेको प्रतिस्पर्धीहरूले एक पछि अर्को गर्दै उनलाई समर्थन गरे । यसरी समर्थन जनाउनेमा निक्की हेली, रोन डिसान्टिस र विवेक रामास्वामी जस्ता प्रतिद्वन्द्वी थिए ।
ट्रम्पलाई मत दिन हरसमय उनीसँग सहमत हुन जरुरी नभएको निक्की हेलीले भनेकी थिइन् । ट्रम्पलाई आफ्नो बलियो समर्थन रहेको महाधिवेशनमा हेलीले भनेकी थिइन् । नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । सो चुनावमा डेमोक्रेट्सको तर्फबाट राष्ट्रपति जो बाइडेन र रिपब्लिकन दलको तर्फबाट ट्रम्प मैदानमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण