सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर, तेब्बर जरिवाना मागदाबी
काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ स्थायी ठेगाना भई हाल जिल्ला काठमाडौँको शान्तिनगर बस्ने सुनील पौडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।
विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनु पर्ने व्यवस्थाविरुद्ध उनले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली अमेरिकी डलर ५८ हजार रुपैयाँ जम्मा गरेको पाइएपछि राजश्व अनुसन्धान विभागले बुधबार मुद्दा दायर गरेको हो ।
पौडेलले विदेशी विनिमय (नियमित गर्ने) ऐनको व्यवस्था विपरीतको कसूर गरेकोले अमेरिकी डलर ५८ हजारको हिसाबले हुन आउने सतहत्तर लाख पैँतालीस हजार नौ सय रुपैयाँ बिगो कायम गरिएको विभागले जनाएको छ ।
यस्तै सोही सोही ऐनको दफा १७ (१) बमोजिम बिगोको तेब्बर अर्थात दुई करोड बत्तीस लाख सैँतीस हजार सात सय रुपैयाँ जरिवाना मागदावी लिई मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक रहिसकेका सुनिल पौडेलविरुद्ध यसअघि पनि अख्तियारले विभिन्न भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा मुद्दा दायर गरिसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण