‘स्वीच’ हुन चाहन्छन् अमेरिकाका ४० प्रतिशत विद्युतीय सवारी प्रयोगकर्ता
काठमाडौँ । अमेरिकाका ४० प्रतिशत विद्युतीय सवारी (ईभी) प्रयोगकर्ता डिजेल-पेट्रोल गाडीमा नै फर्कन चाहेको पाइएको छ । नेपालमा दिन प्रतिदिन विद्युतीय सवारीको प्रयोगकर्ता उकालो लाग्दै गर्दा विश्वको आर्थिक महाशक्ति अमेरिकाका ईभी प्रयोगकर्ता आईसी गाडीमा नै फर्कन चाहेको पाइएको हो ।
चालू आर्थिक वर्षको ११ महिनासम्मको तथ्यांकअनुसार नेपालमा १२ हजार विद्युतीय सवारी आयात भएको छ । यसबाट नेपालमा धेरै प्रयोगकर्ता विद्युतीय सवारी चढ्न चाहेको देखिन्छ । यससँगै बजारमा व्याप्त माग समेत बढिरहेको छ । तर विद्युतीय सवारी दिगो नहुने देखेपछि र अन्य प्रकारका समस्या आउन थालेपछि अमेरिकाका प्रयोगकर्ताले ‘स्वीच’ गर्न चाहेका हुन् ।
अटोमोटिभ न्यूजले प्रकाशन गरेको समाचारअनुसार १० मध्ये ४ भन्दा बढी ईभी प्रयोगकर्ता डिजेल÷पेट्रोल गाडीमा फर्किन चाहन्छन् । ‘ग्लोबल एमसीकिन्से एण्ड को’ले गरेको उपभोक्ता सर्वेक्षणले चार्जिङसहित अन्य समस्याका कारण प्रयोगकर्ता आजित बनिसकेका हुन् । यसबाहेक विश्वभरका २९ प्रतिशत विद्युतीय सवारी प्रयोगकर्ता पहिलाको जस्तै डिजेल÷पेट्रोल गाडीमा फर्कन चाहेको सो अध्ययन प्रतिवेदनले देखाएको छ ।
डिजेल÷पेट्रोल गाडीमा नै फर्कन चाहनेमध्ये सबैजसोको मुख्य चिन्ता नै विद्युतीय सवारीका लागि चाहिने चार्जिङ स्टेसन (पूर्वाधार)को अभाव हो । यसबाहेक लामो दूरीको यात्राका लागि आउने अत्याधिक खर्च र फूल चार्जका लागि लाग्ने समय समेत उनीहरुले उठाएका थिए ।
‘मैले यस्तो सोचेकै थिइन,’ अध्ययनकर्ता संस्थाका फ्यूचर मोबिलिटी केन्द्रका नेतृत्वकर्ता फिलिप्प काम्पशोफ्फले भने, ‘मैले सोचेको थिए कि एकपटक ईभी किनेपछि उपभोक्ता जिन्दगीभर ईभीको क्रेता बन्छन् ।’ यसबाहेक विद्युतीय सवारीको ब्याट्रीमा तिर्नुपर्ने उच्च मूल्य र आवश्यक पार्टपूर्जाको महँगो मूल्यले समेत प्रयोगकर्तालाई सताएको भेटिएको प्रतिवेदनले देखाएको छ ।
तर नेपालमा भने धमाधम विद्युतीय सवारीको आयात र बिक्री वितरण बढिरहेको छ । विश्वव्यापीकरण भविष्यमा विद्युतीय सवारीको ब्याट्री व्यवस्थापनमा समस्या आउने प्रक्षेपण भइरहँदा नेपालमा यसबारे कुनै पनि चिन्ता सरोकारवाला निकायमा देखिँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण