उपप्रधानमन्त्री सिंह र चिनियाँ राजदूतबिच भेटवार्ता
काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबिच आज भेटवार्ता भएको छ । भेटमा चीनका तर्फबाट राजदूत ले उपप्रधान एवं सहरी विकास मन्त्री सिंहलाई बधाई सहित कार्यकाल सफलताको शुभकामना दिए ।
भेटमा नेपाल र चीन बिचमा सहरी विकासको क्षेत्रमा के–के विषयमा सहकार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
‘नेपाल र चीनका बिचमा सहरी विकासको क्षेत्रमा कुन कुन विषयमा सहकार्य हुनसक्छ । अहिले के भइरहेको छ भन्नेबारेमा सामान्य समीक्षा भयो’ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले भने, ‘हामीले स्मार्ट सिटी बनाउने भनेका छौँ । स्मार्ट सिटी बनाउने क्रममा प्रविधिसँग त्यसलाई कसरी जोड्न सक्छौँ । ट्राफिक लाइट, रोड सेफ्टीजस्ता कुरामा चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा भयो । हामीले चीनसँग सिमाना जोडिएका हिमाली क्षेत्रमा १० वटा हिमाली सहर बनाउने भनेर राखेका छौँ । त्यसमा पनि चीन सरकारले सहयोग गर्न सक्छ भन्ने कुरा उहाँहरूले राख्नुभयो ।’
त्यस्तै रुकुम र जाजरकोटमा अघिल्लो वर्ष गएको भूकम्पपछिको पुन:निर्माणमा समेत सघाउन तयार रहेको राजदूतले भेटका क्रममा बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण