ट्रम्प सत्तामा आए काम गर्न गाह्रो हुन्छ : जेलेन्स्की
किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकामा डोनाल्ड ट्रम्प फेरि राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने बताएका छन् । तर चुनावपछि अमेरिकाको जिम्मेवारी जोसुकैको हातमा गए पनि आफू काम गर्न तयार रहेको बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले भनेका छन् ।
केही दिनअघि ट्रम्पले ओहायोका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदवार बनाएका थिए । युक्रेनमा जेसुकै होस् वास्ता नहुने भनेर ३९ वर्षीय जेडी भेन्सले यसअघि नै बताइसकेका छन् । भेन्स युक्रेनलाई युद्धका लागि आर्थिक सहयोग जुटाइदिने विरुद्धमा छन् ।
अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा ट्रम्प विजयी भए भने अमेरिकाको युक्रेन नीति परिवर्तन हुने आशंका बढेको छ । युक्रेनमा के भइरहेको छ भन्ने उनीहरूलाई थाहा छैन ।
त्यसैले अमेरिकासँग मिलेर काम गर्नुपर्ने जेलेन्स्कील भनाई छ । जेलेन्स्की हाल बेलायत भ्रमणमा छन् । उनले बिहीबार सम्बोधन पनि गरेका थिए । जेलेन्स्कीले यसअघि बेलायती प्रधानमन्त्री कीर स्टर्मरलाई पनि भेटेका छन् । स्टर्मरले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण