एसिया कप क्रिकेट
अन्तर्राष्ट्रिय क्रिकेटमा सम्झना खड्काको पहिलो अर्धशतक, नेपाल जिततर्फ अग्रसर
शुक्रबार, ०४ साउन २०८१, १७ : १६
काठमाडौँ । श्रीलंकाको डम्बुलामा जारी ‘नवौँ महिला एसिया कप क्रिकेट प्रतियोगिता’को उद्घाटन खेलमा नेपाली ब्याट्र सम्झना खड्काले अर्धशतक बनाएकी छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको थियो पहिलो अर्धशतक हो ।
यूएईले दिएको एक सय १६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीकी ओपनर ब्याट्र सम्झनाले ३५ बलमा अर्धशतक पुरा गरेकी हुन् । यस क्रममा उनले आठवटा चौका पनि प्रहार गरिन् ।
२४ वर्षीया सम्झनाका लागि यो १७औँ टी–२० अन्तर्राष्ट्रिय खेल हो । अन्तर्राष्ट्रिय क्रिकेटमा यसअघि उनको उच्च स्कोर अविजित ३६ रन थियो । सम्झनाले अर्धशतक पुरा गर्दा नेपालले १२।५ ओभरमा तीन विकेट गुमाएर ८६ रन बनाएको छ । नेपाललाई जितका लागि ४३ बलमा केवल ३० रन आवश्यक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण