त्रिशूलीमा हराएका २४ जनाको शव भेटियो, दुई जनाको शव भारतमा फेला
काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका दुई वटा डिलक्स बसका यात्रुमध्ये २४ जनाको शव भेटाएको छ । तीमध्ये दुई जनाको शव भारतस्थित पश्चिम चम्पारणमा भेटिएको छ । भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर दुई जना पुरुषको शव नेपाल तर्फ ल्याएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले रातोपाटीलाई बताए ।
असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । ७ जना पुरुष र दुई जना महिलाको शव सनाखत गर्ने प्रयास भइरहेको डीएसपी थापाले बताए ।
सनाखत भएका शवको विवरण :
१. ऋषिपाल शाह, भारत
२. विकाश परियार, चितवन
३.रमितकुमार माझी, सर्लाही
४. जयप्रकश ठाकुर, भारत
५. सजाद अन्सारी, भारत
६. सुदिप बिक, चितवन
७. प्रमानन्द पण्डित, बारा
८. किशोरकुमार चौधरी, गणपति डिलक्सको चालक ।
९. अशोककुमार यादव, रौतहट
१०.ऋषिकुमार सिंह, रौतहट
११. विवेक कुमार, भारत
१२. जितेन्द्रराम महरा, सर्लाही
१३. चन्द्रप्रभा कुमारी, पर्सा
१४. अमृता कुमारी, रौतहट ।
१५. तुल्सी दास, रौतहट यमुनामाई गाउँपालिका–५ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारा गन्नका लागि बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण