‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘मेड इन नेपाल’ अभियानलाई थप सशक्त बनाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूलाई आग्रह गरेका छन् । नेपाल युवा उद्यमी मञ्चको शुक्रबार काठमाडौँमा भएको २० औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै ढकालले करिब १५ वर्षअघि नेपाल युवा उद्यमी मञ्चले सुरु गरेको ‘मेड इन नेपाल’ अभियान धेरै संस्थाहरूको लागि प्रेरणाको स्रोत बनेको बताए ।
ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घको युवा सङ्गठनका रूपमा नेपाल युवा उद्यमी मञ्चले धेरै क्षेत्रमा नेतृत्व गरेकोमा प्रशंसा गरे । उनले नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिष्ठा बढाउन नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले गरेको कामको प्रशंसा पनि गरे । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा सरकारले स्टार्टअप नीति पारित गरेको ढकालले भेलालाई जानकारी दिए ।
ढकालले नेपाल उद्योग वाणिज्य महासङ्घले स्टार्टअपलाई कानुनमा परिभाषित गर्न सफल भएको बताए । नेपाल युवा उद्यमी मञ्चका सदस्यहरूले उद्यमशीलता प्रवर्द्धनमा विशेष भूमिका खेल्नेमा आफू विश्वस्त रहेको ढकालले बताए । नेपाल उद्योग वाणिज्य महासङ्घले महासङ्घको विधान संशोधनको मस्यौँदा कार्यसमितिबाट पारित गरेको र नेपाल युवा उद्यमी मञ्चको अध्यक्ष पदेन रूपमा कार्यकारिणी समिति सदस्य रहने व्यवस्था समावेश गरिएको ढकालले जानकारी दिए ।
यसमा सदस्यताका लागि केही व्यवस्था गर्नुपर्ने बताउँदै उनले आगामी विशेष साधारण सभाले पारित गर्ने र नेपाल युवा उद्यमी मञ्चको नेतृत्व महासङ्घको नेतृत्वमा पनि पुग्नेमा आफू विश्वस्त रहेको बताए । देशको अर्थतन्त्रका बारेमा बोल्दै ढकालले प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसँग भेटघाट गरेको बताए । निजी क्षेत्रको मनोबल उकास्न काम गर्न सरकारलाई आग्रह गरेको र सरकारले महासङ्घको सुझावहरू सकारात्मक रूपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण