सम्बन्धित निकायहरूमा चार्टर्ड एकाउन्टेन्ट्सको दरबन्दीको प्रबन्ध हुन्छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले लेखा प्रणालीको गुणस्तर सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायहरूमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित नेपाल चार्टर्ड एकाउन्टेन्ट्सका संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले, राज्यका सम्बन्धित निकायहरूमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्ने संस्थाको विचारमा सहमति जनाउँदै उनले, त्यसका लागि चाँडै पहलकदमी लिने समेत प्रतिबद्धता जनाए ।
उनले भने,‘ लेखा प्रणालीको गुणस्तर सुनिश्चित गर्नका लागि राज्यका सम्बन्धित निकायहरूमा चार्टर्ड एकाउन्टेन्ट्सका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ र त्यो प्रबन्धकासाथ हामीले यो लेखा परीक्षणको कामलाई अगाडि बढाउनु पर्छ भन्ने कोणबाट जुन विचार व्यक्त भइरहेको छ, म यो अभिव्यक्ति प्रति सकारात्मक दृष्टिकोण रहेको कुरा राख्न चाहन्छु । केही वर्ष लाग्ला तर सार्थकताका साथ यहाँहरूको यो अपेक्षा र मागलाई सार्थक तुल्याउनका लागि म अर्थमन्त्रीको हैसियतमा पहलकदमी लिने छु ।’
अर्थमन्त्री पौडेलले, आउने दिनमा कर प्रणालीको विकास र लेखा परीक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै अझ प्रभावकारी र विश्वसनीयता बनाउनका निम्ति चार्टर्ड एकाउन्टेन्ट्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि विश्वास व्यक्त गरे ।
उनले भने, ‘आउने दिनमा कर प्रणालीको विकास र लेखा परीक्षणको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगसँगै यो क्षेत्रलाई यो विधालाई अझ प्रभावकारी, अझ सशक्त, अझ विश्वसनीयता बनाउनका निम्ति नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण