कांग्रेस संसदीय दलको बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
आइतबार, ०६ साउन २०८१, ०७ : ०८
काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरूलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ । त्यस्तै, बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ । आज प्रधानमन्त्री ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिँदै छन् ।
प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार ओलीले विश्वासको मत लिन लागेका हुन् ।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दै छ ।
संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण