बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मोदीको नागरिक अभिनन्दनमा एक लाख सर्वसाधारण उतार्ने यस्तो छ योजना

आइतबार, २३ वैशाख २०७५, १२ : ०४
आइतबार, २३ वैशाख २०७५

काठमाडौं–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । 

रंगरोगन, सरसफाई, मञ्चव्यवस्था, पूजाको तयारी, सुरक्षा व्यवस्थालागयतका काम द्रूतगतिमा आगाडी बढेको छ । 

यी त भए, प्राविधिक कार्य ।
तर, मुख्य कुरा भारतीय प्रधानमन्त्री मोदीलाई बाह्रविघामा नागरिक अभिनन्दन कसरी गर्ने भन्ने चिन्ता प्रदेश सरकार तथा नेताहरुमा देखिएको छ । 

प्रदेश सरकारका मन्त्री तथा स्थानीय तहका प्रतिनिधि अहिले मोदीको अभिनन्दनमा सर्वसाधारण उतार्ने प्रयासमा दिनरात दौडधूपमा लागेका छन् । 

नागरिक अभिनन्द कार्यक्रममा एकलाख भन्दा बढी व्यक्ति वाह्रविघामा उतार्ने योजना प्रदेश सरकारको रहेको छ । त्यसका लागि राजनीतिक दलका प्रतिनिधि, स्थानीय सरकार तथा जिल्ला प्रमुख अधिकारी स्वयं लागि परेका छन् । 

प्रदेश दुईमा आठवटा जिल्ला रहेका छन्  । प्रत्येक जिल्लाबाट कम्तीमा १० हजार जनता ल्याउने योजना बनाइएको छ । 

त्यसका लागि नगरपाकिला प्रमुख, गाउँपालिका प्रमुख र सबै पार्टीका अध्यक्षलाई पनि जिम्मेवारी दिइएको छ । सम्बन्धित जिल्लाबाट जनतालाई जनकपुरको बाह्रविघामा ल्याउने जिम्मेवारी उनीहरुको रहेको बताइएको छ । 

सप्तरी, सिरहका लागि प्रदेश सरकारका कृषि मन्त्री एवं संघीय समाजवादी फोरम नेपालका नेता शैलेन्द्र साहले संयोजन गरिरहेका छन् भने सर्लाही, महोत्तरीका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री एवं राजपा नेपालका वरिष्ठ नेता रामनरेश राय यादवले संयोजन गरिरहेका छन् ।

त्यस्तै, रौतहट, बारा, पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार मन्त्री एवं राजपा नेपालका महासचिव जितेन्द्र सोनलले संयोजन गरिरहेका छन् ।
प्रधानमन्त्री मोदी भारतको विहार हुँदै जनकपुर आउने हुँदा त्यहाँबाट पनि जनता आउने बताइएको छ । विहारबाट मात्र ३० हजार जनता आउने अनुमान प्रदेश सरकारले गरेको छ । त्यसका लागि विभिन्न संगठनहरुले पहल गरिरहेको बताइएको छ । 

प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण सफल पार्नका लागि विहारका राजनीतिक दलका नेता, विभिन्न संघ संगठनले पनि साथ दिइरहेको बताइएको छ । भारतीय जनता पार्टीमा आवद्ध विहारका कार्यकर्ताहरु पनि आउने बताइएको छ । अभिनन्दन कार्यक्रम सफल पार्न हिन्दु सम्बद्ध संघ संस्था र  आरएसएसका कार्यकताले समेत सहयोग गरिरहेको बुझिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप