मैले लोकतन्त्रका लागि गोली खाएँ : ट्रम्प
वाशिङटन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले लोकतन्त्रका लागि गोली खाएको बताएका छन् छन् । मिसीगणमा एउटा र्यालीमा बोल्ने क्रममा ट्रम्पले आफूमाथि भएको गोली प्रहारलाई औँल्याउँदै यस्तो बताएका हुन् ।
अमेरिकामा नोभेम्बर ५ मा राष्ट्रपति चयनका लागि निर्वाचन हुँदैछ । चुनावमा आफ्ना लागि मत जुटाउन ट्रम्पले व्यापक प्रचार प्रसार गरिरहेका छन् । र्यालीमा ट्रम्पसँगै रिपब्लिकन पार्टीका उपराष्ट्रपतिका उम्मेदवार जेडी भेन्स पनि थिए ।
आफूलाई डेमोक्रेट्सहरूले लोकतन्त्रका लागि खतरा बताइरहेको शुक्रबार ग्रान्ड र्यापिड्समा दर्शकले खचाखच भरिएको र्याली स्थलमा भने तालीका गड्गहाटबिच ट्रम्पले ह्वाइट हाउस फिर्ता लिन आफू तयार रहेको भनेका थिए । गत हप्ता डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणबारे अनुसन्धान भइरहेको छ ।
गोली ट्रम्पको कानलाई चुस्स छोएको गएको थियो । गत शनिबार रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशनमा उनी कानमा पट्टी लगाएर आइपुगेका थिए । मिसीगणको र्यालीमा भने उनको कानमा पट्टी थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण