घाइते भएपछि महिला एसिया कपबाट भारतकी श्रेयङ्का बाहिर
आइतबार, ०६ साउन २०८१, १२ : २४
दम्बुला । देब्रे हातमा चोट लागेपछि भारतकी श्रेयाङ्का पाटिल महिला एसिया कपबाट बाहिर भएकी छन् । शनिबार एसियन क्रिकेट काउन्सिलले जारी गरेको विज्ञप्तिमा २१ वर्षीया अफ स्पिनरको दोस्रो हातको चौथो औँलामा चोट लागेको जानकारी दिइएको हो ।
श्रेयाङ्का शुक्रबार पाकिस्तानविरुद्धको खेलमा सहभागी भएकी थिइन् । उनले ३.२ ओभर बलिङ गर्दै १४ रन खर्चेर २ विकेट लिएकी थिइन् । भारतले १४.२ ओभरमा पाकिस्तानले प्रस्तुत गरेको लक्ष्य पछ्याउँदा उनले ब्याटिङ भने गर्नुपरेको थिएन ।
उनको स्थानमा २६ वर्षीया बायाँ हाते स्पिनर तनुजा कँवरलाई टोलीमा समावेश गरिएको छ । उनले भारतका लागि हालसम्म एक खेल पनि खेलेकी छैनन् । उनी वुमन्स प्रिमियर लिगमा गुजरात जायन्ट्स र घरेलु लिगमा रेलवेज्का लागि खेल्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्तीमा बेपत्ता दुई युवकको अवस्था अज्ञात, खोजी जारी
-
‘रावायण’को दुई दिनको व्यवसाय कस्तो ?
-
अभिनेता मदनकृष्ण श्रेष्ठको आजीवन निःशुल्क उपचार गर्ने
-
प्रतिक्रान्तिका प्रयासविरुद्ध फेरि एउटा सङ्घर्ष आवश्यक छ : प्रचण्ड
-
ऋषिपञ्चमी : काठमाडौँको गुह्येश्वरीमा व्रतालुको भिड (तस्बिरहरू)
-
जाजरकोटमा पहिरोले वडा सदस्य दम्पती नै पुरिए