बंगलादेश प्रदर्शन
बंगलादेशमा तनाव बढेपछि स्वदेश फर्किए नेपाली विद्यार्थी (तस्बिरहरू)
आइतबार, ०६ साउन २०८१, १२ : ५०
_IdI1XFGsTf.jpg)
काठमाडौँ । बंगलादेशमा आरक्षण कोटाको विरोधमा आन्दोलन चर्किँदै गएपछि त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरू स्वदेश फर्किएका छन् ।
जारी तनावका कारण करिब ८०० जना नेपाली विद्यार्थी स्वदेश फर्किसकेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । उनीहरू हवाई र स्थलमार्ग हुँदै नेपाल आएको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएको हो ।
बंगलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण समस्या उत्पन्न भएको छ । आन्दोलनमा ३५ जनाको मृत्यु भइसकेको छ ।
आन्दोलन थप हिंस्रक बन्दै गएपछि बंगलादेश सरकारले शनिबारदेखि देशभर कर्फ्यु आदेश जारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज राष्ट्रिय पत्रकारिता दिवस, प्रधानमन्त्रीले दिए शुभकामना
-
नीति तथा कार्यक्रममाथि आज पनि छलफल हुँदै, राष्ट्रियसभामा प्रधानमन्त्रीले जवाफ दिने
-
सामाजिक सुरक्षा कोष अब अनिवार्य, कसरी हुन्छ कार्यान्वयन ?
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आईपीएल क्रिकेट : मुम्बईलाई हराउँदै गुजरात शीर्ष स्थानमा
-
तिलोत्तमा नगरपालिका ‘सडक’ माग्नेमुक्त घोषणा