स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ : प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पोषणयुक्त खानाको अभियानलाई व्यापक बनाउने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने क्रममा बोल्दै प्रधानमन्त्री ओलीले सबै पालिकामा खाद्य भण्डार बनाउने बताएका हुन् ।
ओलीले भने,‘खानपिनको बानीमा परिवर्तन गरी स्वस्थ र सन्तुलित पोषणयुक्त खानाको अवधारणा व्यापक बनाउनेछौँ । यसका लागि कृषि तथा पशुपक्षी मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय परिचालित हुनेछ । सबै पालिकामा खाद्य भण्डार बनाउन सबै पालिकासँग समन्वय र सहकार्य गर्नेछौँ । निरपेक्ष गरिबी हटाउन योजना आयोगको नेतृत्वमा सम्बन्धित मन्त्रालयको सहकार्यमा एक संयन्त्र तयार पार्नेछौँ र त्यसको सुझावका आधारमा एक कार्यक्रम तयार पार्नेछौँ ।’
उनले जुनसुकै भूभागमा जन्मिएको भएपनि बालबालिकालाई भोकै मर्न नदिने दाबी गरे । ओलीले अहिले स्कुटरको बिक्री बढेको र बजारको ट्रेन्डको आधारमा नीति बनाउने उल्लेख गरे ।
उनले भने,‘मलाई हिजोआज महसुस हुन्छ, वैदेशिक रोजगारीले अर्थतन्त्रको संरचनामा पनि व्यापक परिवर्तन ल्याएको छ । केही वर्षअघिसम्म नेपालमा धेरै मोटरसाइकल बिक्री हुन्थ्यो तर हिजोआज स्कुटरको विक्री बढेको भन्ने समाचारहरू आएका छन् । कुखुराको मासुमा खपत कम भएको समाचार केही अघि पढेको थिएँ । ट्रेन्डहरुमा केही परिवर्तन भएको छ । वैदेशिक रोजगारीका कारण उपभोग गर्ने तरिका र बजारको मागमा परिवर्तन आएको छ । तर तथ्याङ्कको अभावमा निजी क्षेत्र र सरकारी निकाय दुवैले यसको प्रभाव कहाँ कस्तो परेको छ बुझ्न सकेका छैनन् ।’
उनले माग र आपूर्तिमा कस्तो परेको छ त्यसबारे राष्ट्र बैंकले अध्ययन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण