राप्रपाले ओलीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन : लिङ्देन

काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी ओलीलाई अहिले विश्वासको मत दिन आवश्यक नरहेको बताएका छन् । विश्वासको मत दिनका लागि दलहरू सच्चिन जरुरी रहेपनि अहिले त्यसको कुनै सम्भावना नरहेको लिङ्देनको भनाइ छ ।
आइतबार प्रतिनिधि सभामा विश्वासको मतमाथिको छलफलका क्रममा बोल्दै लिङ्देनले भने, ‘प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने आवश्यकता छैन । यो विगतको निरन्तरता मात्रै हो ।’ उनले विकृतको अन्त्य हुने कुनै सम्भावना नरहेको भन्दै विगतमा राजाको मुख्यसचिवलाई कसले अख्तियारको प्रमुख बनायो भन्दै प्रश्न समेत गरे । ‘राजाको विरोध गर्ने, अहिले पनि समस्या पर्यो भने राजाको विरोध गर्ने तर राजाको मुख्यसचिव ल्याएर अख्तियार प्रमुख कसले बनाएको ? फाइल खोल्न थालेपनि महाभियोग फेरि तपाईँहरूले नै लगाएको होइन ?' तत्कालीन अख्तियार प्रमुख लोकमान सिंह कार्कीको नाम नलिई उनले भने ।
उनले दलका नेताहरूलाई जनताले नपत्याउने अवस्था रहेको भन्दै विगतमा आफूले कांग्रेसको महाधिवेशनमा भनेको ‘चोर नेता’को अभिव्यक्ति स्मरण गरे । अहिले पनि जनताको सोचाइ त्यो बेलाको भन्दा फरक नरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एक जनाको मृत्यु
-
नेपालमा मृत्युको स्थिति : सबैभन्दा धेरै कोशी प्रदेशमा, सबैभन्दा न्यून कर्णालीमा
-
१२औँ म्युजिक खबर अवार्डको उत्कृष्ट पाँचमा को–को समेटिए ?
-
एकपछि अर्को मिसाइल परीक्षण गर्दै पाकिस्तान
-
आहा ! गुलमोहरले ढकमक्क वीरेन्द्रनगर (तस्बिरहरू)
-
चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन, कसको कति ?