विश्वासको मत लिने खेल जनताले रमिता मानेर हेरिरहेका छन् : चित्रबहादुर केसी
काठमाडौँ । राष्ट्रिय जनमोर्चा नेपालका सांसद चित्रबहादुर केसीले संसद्मा निरन्तर चलिरहेको विश्वासको मत लिने खेललाई रमिता मानेर हेरिरहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने अवसरमा बोल्दै उनले नेपालका राजनीतिक पार्टी के हुन् भनेर जनताले प्रश्न गरिरहेको बताए ।
उनले केपी ओली चौथो पटक प्रधानमन्त्री बनेको बताउँदै २०७४ सालमा पहिलोपटक प्रधानमन्त्री भएको बेला समर्थन गरेको बताए । तर पछि बिना कारण दुई–दुई पटक संसद् विगठन गरी ओलीले बदमासी गरेको, प्रतिगमनतिर गएको त्यो बेठिक थियो भनेर किन आत्मालोचना नगरेको भन्दै प्रश्न गरे ।
सांसद केसीले भने– ‘हामी यहाँ संसद्मा भ्रष्टाचार भयो, राष्ट्रियता खतम भो भन्छौँ । त्यो कसले गर्छ ? नेपाली जनताले गर्छ ? यहाँ सुन तस्करी भयो, यहाँ सरकारी जग्गा बेचियो, सहकारी हिनामिना भयो, बाहिर जनताले गरेका छन् ? यहीँ हामी सत्तामा बस्ने, चुनाव जित्ने, माननीय हुने, मन्त्री हुने, प्रधानमन्त्री हुने, हामीबाटै भएको हैन ?’
उनले सुन चोर्ने काम साधारण जनताले गरेका छन् भन्दै प्रश्न गरे । सहकारी पनि साधारण जनताले नठगेको बताए । उनले यस्ता कुराहरू अरू कसैलाई नभई आफैँलाई सुनाएको त हैन भन्दै प्रश्न गरे । उनले प्रधानमन्त्री ओलीलाई बधाई दिने तर समर्थन नदिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण