सरकारलाई असफल हुने कुनै छुट छैन : प्रमुख सचेतक बर्तौला
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले, वर्तमान सरकार सहज र सफल ढङ्गबाट अगाडि बढ्ने बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले, यात्राका क्रममा चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू भए पनि सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले सरकार सहज ढङ्गले अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
उनले भने, ‘चुनौतीका धेरै ठुला अग्ला अग्ला पहाडहरू छन् । यात्राका क्रममा विभिन्न बाधाहरू आउन सक्छन् । तर सक्षम, दूरदर्शी र दृढ पाइलाको कारणले गर्दा सरकार सहज ढङ्गले अगाडि बढ्ने छ । सफल ढङ्गबाट यो अगाडि बढ्छ ।’
उनले सरकार सफल ढङ्गबाट अगाडि बढ्ने सिङ्गो देशको अपेक्षा रहेको कारण सरकारलाई असफल हुने कुनै छुट नरहेको पनि बताए ।
उनले भने, ‘म शुभकामना दिन चाहन्छु र यो सरकारलाई असफल हुने कुनै छुट छैन । त्यसकारण सफल ढङ्गबाट अगाडि बढ्ने छ भनेर सिङ्गो देश बासिले अपेक्षा राखेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण