न्याय सेवा आयोगले गर्यो उपसचिवहरूको सरुवा र पदस्थापन
काठमाडौँ । सोमबार बसेको न्याय सेवा आयोगले सरुवा र लोकसेवा आयोगबाट परीक्षा पास भएका उपसचिवहरूलाई पदस्थापन गरेको छ। प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको आयोगको बैठकले दुई उपसचिव , एक उपन्यायाधिवक्ता र शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरेको हाे ।
उपसचिवतर्फ निधिराज न्यौपाने र उत्तम गौतमको सरुवा गरिएको छ। उनीहरूलाई नेपाल कानुन आयोग र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ।
सरकारी वकिलतर्फ उपन्यायाधिवक्ता धर्मराज जोशीलाई उच्च सरकारी वकिल कार्यालय दिपायलबाट जिल्ला सरकारी वकिल कार्यालय भोजपुरमा सरुवा गरेको छ। शाखा अधिकृततर्फ तीन जनाको सरुवा गरिएको छ।
सीता घिमिरे, शर्मिला बिक र सुरेशप्रसाद चौलागाईलाई सरुवा गरिएको छ । त्यस्तै २१ जना नयाँ उपसचिवहरूलाई नियुक्ति र पदस्थापन गरिएको छ।
न्याय सेवा आयोगमा प्रधान न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको नेतृत्वमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठ न्यायाधीश प्रकाशमान सिंह राउत, महान्यायाधिवक्ता रमेश बडाल, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी र न्याय परिषद्का सचिव यमबहादुर बुढामगर हुने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण