कार्यव्यवस्था परामर्श समितिले भन्यो : विशेष अधिवेशनको विषय अस्पष्ट
धनगढी । सुदूरपश्चिम प्रदेशसभाको मंगलबारका लागि आह्वान गरिएको विशेष अधिवेशनको विषय नै अस्पष्ट देखिएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अधिवेशनको विषयवस्तु नै अस्पष्ट देखिएको ठहर गरेको हो ।
सभामुख भीमबहादुर भण्डारीका अनुसार विशेष अधिवेशनको विषय अस्पष्ट देखिएपछि विषयवस्तु निक्र्यौल गरी दिन माग गर्दै प्रदेश प्रमुखको कार्यालयलाई पत्राचार गरेको छ ।
सभामुख भण्डारीले भने, ‘अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखबाट आएको पत्र नै अस्पष्ट छ । अधिवेशन आह्वान गर्नको लागि कुनै कारण नखुलेकोले स्पष्ट गरी दिनको लागि पत्राचार गर्ने निर्णय गरियो ।’
प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (कांग्रेस र एमालेसहित) विशेष अधिवेशनको माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरेपछि प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण