विपद्का घटना बढेपछि कर्णालीका मुख्यमन्त्रीले गरे १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग छलफल
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशका १० वटै जिल्लाका सुरक्षा प्रमुखसँग विपद्बारे छलफल गरेका छन् । वर्षातको कारण दैनिक विपद्का घटना बढ्न थालेपछि कँडेलले सोमबार जुममार्फत बैठक आयोजना गरेर छलफल गरेका हुन् ।
बैठकमा उनले जिल्लाको वस्तुस्थितिका साथै विपद् न्यूनीकरणमा प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने कामहरूको बारेमा छलफल गरेका थिए । विपद् जोखिमको हिसाबले सबैभन्दा बढी जोखिम प्रदेश भएकोले विपद् न्यूनीकरणका लागि कर्णालीमा मेहनत र लगानी गर्नुपर्ने उनले बताए ।
भौगोलिक विकटता र श्रोत साधनको अभावका कारण पनि जिल्ला तहका सुरक्षा निकायहरूले उत्कृष्ट कार्य गरिरहेको भन्दै कँडेलले सबैलाई धन्यवाद दिए । विपद् व्यवस्थापनमा स्थानीय तहलाई बढी परिचालन गर्नुपर्ने कँडेलले बताए ।
विकासमा निम्तिएका कतिपय विनाशका कारण पनि कर्णाली प्रदेशमा विपद् जोखिम बढ्दै गएकोमा मुख्यमन्त्री कँडेलले चिन्ता व्यक्त गरे । उनले भने, ‘अब विकासको मोडेलको बारेमा पनि जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सरोकारवालाबिच छलफल चलाउनुपर्ने हुन्छ । जिल्लामा कस्तो खालको विकासको मोडेल आवश्यकता हो ? तपाईँहरूले पनि आफ्नो मातहतका कार्यालयहरूबिच छलफल चलाउन मैले आवश्यकता ठानेको छु ।’
भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका धेरै जसो लाभग्राहीले अझै पनि दोस्रो किस्ताको रकम पाउन नसकेको विषयप्रति कँडेलले चिन्ता व्यक्त गरे । त्यसतर्फ सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
प्रमुख जिल्ला अधिकारीहरूबाट आएको सुझावहरूप्रति संकेत गर्दे कँडेलले प्रदेश सरकारले विपद् व्यवस्थापनका विषयमा आफ्नो तर्फबाट समन्वय गरिरहेको र सरकारको तर्फबाट दायित्व वहन गर्नुपर्ने विषयहरूमा आफ्ना संरचनाहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
बैठकमा प्रदेशका चार वटै सुरक्षा निकायहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण