रोजगारीका लागि नेपाल आउनेमा चिनियाँ नागरिक सबैभन्दा बढी
काठमाडौँ । नेपालमा रोजगारीका लागि सबैभन्दा बढी श्रम स्वीकृति लिनेमा चिनियाँ नागरिक रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ ।
विदेशमा काम गर्नका लागि नेपालबाट हरेक दिन औसतमा १५ सय युवायुवती बाहिरिने गरेको तथ्याङ्क रहे पनि नेपालमा ९६ देशका नागरिकले श्रम स्वीकृति लिएकामा सबैभन्दा बढी चिनियाँ नागरिक रहेको विभागले जनाएको हो ।
नेपालमा सञ्चालन भएका आयोजनाहरूले पाँच प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान श्रम ऐनमा छ । नेपालमा रहेका एयरलाइन्स, इलेकट्रोनिक कम्पनी, खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनीमा धेरै विदेशी कार्यरत छन् ।
नेपालमा रहेका रोजगारदातामध्ये सबैभन्दा बढी विदेशीलाई काठमाडौँ–तराई–मधेस द्रुतमार्गमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले रोजगारी दिएको छ ।
अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा रोजगारी खोज्दै नेपाल आउने विदेशी श्रमिकको सङ्ख्या भने घटेको छ । श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या गत वर्ष भन्दा १० प्रतिशतले घटेको विभागको तथ्याङ्कमा उल्लेख छ ।
सरकारबाट श्रम स्वीकृति लिने विदेशीको सङ्ख्या अघिल्लो आर्थिक वर्षभन्दा ३ सय ९ जना कम देखिएको तथ्याङ्कमा उल्लेख छ ।
अघिल्लो आवमा नवीकरण र नयाँ गरी २ हजार नौ सय ९४ विदेशीले श्रम स्वीकृति लिएकोमा गत वर्षको सो अवधिमा नयाँ श्रम स्वीकृति र सोको नवीकरण गर्नेको सङ्ख्या २ हजार ६८५ रहेको छ । यसमध्ये पनि विदेशी महिला कामदारको सङ्ख्या ३४९ रहेको तथ्याङ्कले देखाएको छ । २०७९।८० मा २ हजार नौ सय ९४ जनाले स्वीकृति लिएको विभागले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।
गत आवमा भने एक हजार २० नयाँ आवेदकलाई श्रम स्वीकृति दिइएको थियो भने एक हजार ६६५ जनाको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।
पोली चाङ्दा इन्जिनियरिङ कम्पनी, कञ्चनपुर–कमला रोड प्रोजेक्ट, चाइना ओभरसिज इन्जिनियरिङ, साञ्जेन खोला हाइड्रोपावर, हुवासिन नारायणी सिमेन्ट, होङ्सी शिवम् सिमेन्ट, हिमालय एयरलाइन्स, ब्रिटिश स्कुल, लिंकन स्कुल, हुवावे टेक्नोलोजीजस्ता सेवा क्षेत्रमा विदेशी नागरिक कार्यरत छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्डफ्लुका कारण २७ दिन चिडियाखाना बन्द हुँदा तीन करोड घाटा
-
घरजग्गा कारोबार : कुन महिनामा कति उठ्यो राजस्व ?
-
चार महिनामा तीन हजार ४३५ विपद्का घटना
-
साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो
-
स्पेनका लागि कसले खेल पल्टायो ?
-
आज साउनको पहिलो सोमबार: किन बस्ने व्रत र यसको पौराणिक महत्त्व के छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण