एक जनाको डुबेर मृत्यु, ५ जना मृत फेला
मङ्गलबार, ०८ साउन २०८१, १३ : २२
काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका-५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना किशोरको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका-६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको सोमबार दिउँसो मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
यसैगरी देशका विभिन्न स्थानमा ५ जना मृत फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- रौतहट, राजपुर नगरपालिका-६ राजपुर बस्ने नजबुल्लाहा मन्सुरीको छोरी १५ वर्षीया चाँदनी खातुन आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- धनुषा, सबैला नगरपालिका-८ ठिल्ला बस्ने जारिस राईनको छोरा ७ वर्षीय फैजान राईन सोही ठाउँस्थित पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, दोधारा चाँदनी नगरपालिका-३ जमुनाघाडीस्थित खेतमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २९ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- बारा, कोल्हबी नगरपालिका-२ ककैया खोलामा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४० वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- कपिलवस्तु, महाराजगंज नगरपालिका-६ ठुलो बुटहनियामा सोही ठाउँ बस्ने ३० वर्षीया निर्मला कुर्मी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण