बङ्गलादेशमा पक्राउ पर्नेको सङ्ख्या २५०० नाघ्यो
ढाका । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको विरोधान जारी प्रदर्शनमा पक्राउ पर्नेको सङ्ख्या २ हजार ५०० नाघेको छ । मंगलबार एएफपीले यो आँकडा सार्वजनिक गरेको हो ।
देशभरमा आरक्षणको विरोधमा भइरहेको हिंसात्मक प्रदर्शनपछि पक्राउ पर्नेको सङ्ख्या सो स्तरमा नाघेको हो । विरोध प्रदर्शनका क्रममा कम्तिमा १७४ जनाको मृत्यु भएको बताइएको छ । मर्नेमा कयौँ प्रहरी अधिकारीसमेत छन् ।
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र हुने सङ्ग्राममा लडेका स्वतन्त्रता सेनानीका सन्तानलाई गएको हप्ता सरकारी जागिरमा एक तिहाइ आरक्षण दिइने निर्णयपछि देशभर विरोध प्रदर्शन सुरु भएको थियो । शान्तिपूर्ण विरोध प्रदर्शनले बिस्तारै हिंस्रक रूप लिँदै गर्दा मृतकको सङ्ख्या दिनहुँ बढ्दै गयो । सय जना भन्दा धेरैको मृत्यु भएपछि आइतबार सर्वोच्च अदालतले आरक्षणको सङ्ख्या ३३ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारेको छ ।
तर विद्यार्थीहरूले आरक्षण पूरै खारेज गर्नु पर्ने मागसहित आन्दोलन जारी राखेका छन् । विरोध प्रदर्शनको अगुवाइ गरिरहेको विद्यार्थी समूहले यति धेरै रक्तपात निम्त्याएर सुधार नचाहेको भन्दै सोमबारबाट ४८ घण्टाका लागि आन्दोलन रोक्का गरेको छ । प्रदर्शन रोक्न देशभरमा कर्फ्यू लगाइएको छ भने इन्टरनेट पनि काटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण