एक वर्षमा १५ जनामा कलेजो प्रत्यारोपण, सबै सफल
काठमाडौँ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आ. व. २०८०/८१ मा शतप्रतिशत सफलताका साथ १५ जनामा कलेजो प्रत्यारोपण गरेको छ ।
कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा पछिल्लो समय एक जना मात्र विदेशी चिकित्सकको उपस्थितिमा केन्द्रकै टोलीले कलेजो प्रत्यारोपण गर्दै आएको छ ।बिरामी तथा दाताको सुरक्षालाई ध्यानमा राखी कलेजो प्रत्यारोपण जस्तो अति जटिल र संवेदनशील शल्यक्रिया पर्याप्त सङ्ख्यामा नियमित नभएसम्म जुन सुकै संस्थामा पनि विदेशी चिकित्सकको निगरानी रहनु उपयोगी हुने डा श्रेष्ठले बताए ।
केन्द्रमा बिरामीको बिग्रेको पुरै कलेजो हटाएर जीवित दाताबाट आधा कलेजो वा मस्तिष्क मृत्यु भएका दाताको पुरै कलेजो प्रत्यारोपण गर्ने गरिएको समेत डा श्रेष्ठले जानकारी दिए । केन्द्रमा ३ वर्षको बालकदेखि ६८ वर्ष सम्मका व्यक्तिमा कलेजो प्रत्यारोपण भएको उनले बताए ।
सन् २०१६ मा दक्षिण कोरियाको सामसुङ मेडिकल सेन्टरको प्राविधिक सहयोगमा देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले सन् २०१९ मा डा. पुकार श्रेष्ठकै नेतृत्वमा नेपाली चिकित्सकको टोलीबाट पहिलो पटक कलेजो प्रत्यारोपण भएको थियो ।
त्यसयता केन्द्रले २६ जनाको कलेजो प्रत्यारोपण गरेकामा २४ जना ग्रहणकर्ता पुरुष र २ जना महिला छन् । यसैगरी दातामा १८ जना महिला र ८ जना पुरुष रहेका छन् । केन्द्रमा न्यूनतम शुल्क रु १५ देखि २० लाखमा कलेजो प्रत्यारोपण हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण